Our-Services

Our-Services 2017-12-22T07:46:09+00:00

क. क्रमिक बचत

१ दैनिक क्रमिक बचत खाता
यस दैनिक बचत खातामा दैनिक रु १०० देखि माथि दैनिक रुपमा बचत गर्न सकिन्छ ।

२ साप्ताहिक क्रमिक बचत खाता
यस खातामा हरेक हप्ता रु २०० देखि हप्ता हप्तामा क्रमिक बचत गर्न सकिन्छ ।

३ मासिक क्रमिक बचत खाता
यस खातामा मासिक जम्मा गर्न चाहनेले रु ५०० देखी माथी हरेक महिना जम्मा गर्न सक्नेछ ।

ख. साधारण बचत खाता
यस खातामा न्यूनतम बचत रु ५०० जम्मा गरि खाता संचालन गर्न सकिनेछ । संस्थाको नियम परिधि भित्र रहि यस खातामा जति पनि रकम राख्न र झिक्न सक्नेछ ।
ग. गृहिणी बचत खाता
यो खाता महिला सदस्यहरुको लागि संचालन गरिएको हो । यसमा पनि ५०० जम्मा गरि महिला सदस्यहरुले खाता संचालन गर्न सक्नुहुनेछ । यो बचत खातामा अरु ब्चत खाताको दाजोमा १ प्रतिशत ब्याजदर बढि दिइएको हो ।
घ. बाल सुरक्षा बचत खाता
यो खातामा पनि रु ५०० जम्मा गरि संचालन गर्न सक्नुहुनेछ । यो खाता बालबालिकाको लागी संचालन गरिएको हो । १२ बर्ष सम्म उमेरका बालबालिकाले यो खाता संचालन गर्न सकिनेछ । यो खातामा ५ बर्षसम्म क्रमिक रुपमा जम्मा गरि ५ बर्ष पछि मात्र खाताबाट रकम झिक्न सकिन्छ । यसमा अरु खतामा भन्दा बिशेष ब्याजदर निर्धारण गरिएको छ । हाल १० प्रतिशत दिएको छ ।
ङ. बिशेष बचत खाता
यो खातामा रु १००० जम्मा गरि संचालन गर्न सकिनेछ । यसमा जतिपनि रकम झिक्न र राख्न सकिन्छ ।
बिशेष गरि ब्यबसायीहरुलाई सुबिधा पु¥याउन यो खाता संचालन गरिएको हो । यो खातामा साधारण बचत खातामा भन्दा १ प्रतिशत ब्याजदर कम छ । हाल यसमा ५ प्रतिशत ब्याजदर दिएको छ ।
च. आबधिक बचत खाता
यो बचत खाता समय अबधि अनुसार तिन प्रकारको छ ।
यो खातामा त्रैमासिक रुपमा ब्याज खातामा ब्याज रकम जम्मा हुन्छ ।
१ बर्षे आबधिक बचत खाता यसमा जम्मा गरेपछि एक बर्ष पुरा भएपछि मात्र रकम झिक्न सकिन्छ ।
२ बर्षे आबधिक बचत खाता यसमा दुई बर्ष पुरा भएपछि मात्र रकम झिक्न सकिनेछ ।
३ बर्षे आबधिक बचत खाता यसमा तिन बर्ष पुरा भएपछि मात्र रकम झिक्न सकिन्छ ।

छ जेष्ठ नागरिक बचत खाता

यो बचत खाता जेष्ठ नाग।िकहरुको सुबिधाको लागि बिशेष सुबिधा दिई संचालन गरिएको हो ।

 

10th batch agm